काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते
नेपालखोज
२०८१ फागुन १३ गते १०:५७

काठमाडाैं । काठमाडौंबाट रामेछाप भएर ओखलढुंगा जाँदै गरेको बस धुलिखेल नगरपालिका-१० सारदा बतासेस्थित बीपी राजमार्गमा दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
आज बिहान ८:२० बजेको समयमा बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेका छन् । बसमा २४ जना सवार थिए ।
घाइतेलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गम्भीर चोट लागेकाे प्रहरीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया