मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा, अधिकांश नीतिगत व्यवस्था पुरानै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता दिएर चालु आर्थिक बर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।
मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औंल्याएको भएतापनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नु पर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । घढ। लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ । व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ९ीयबल तय ख्बगिभ च्बतष्य० को सीमालाई ६० प्रतिशत कायम गरिनेछ ।
असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ । नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ । राष्ट्र बैंकले लचिलो कार्यदिशालाई निरन्तरता दिइएको मौद्रिक नीतिबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्नगई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको क्रममा प्रत्यक्ष÷परोक्ष रुपमा सहयोग पु¥याउने मौद्रिक नीति सुझाव समिति लगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीतिको कार्यान्वयनमा सदाभैmँ सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया