आइतबार, वैशाख १४, २०८२

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८१ फागुन १४ गते १६:१५

काठमाडौं । ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी रूकुम पूर्व सिस्ने गाउँपालिका–८ घर भई काठमाडौं बौद्ध बस्ने २७ वर्षीय कमल बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौं बबरमहलबाट ठगी सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१६ बस्ने ६८ वर्षीय तुलसीराम निरौलालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँस्थित सडकमा प्र–१–०२–००२ ख ००४९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्द कुमारी राईको मंगलबार राति घट्नास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका–४ गुलरियास्थित सडकमा गुलेरियाबाट खेस्राहतर्फ जाँदै गरेको ज.१ त ८४३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने उमेश कुमार यादवको छोरा ८ वर्षीय कोलव कुमार यादवको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी ऐकेडेमी पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ खरिपानीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.३ च ३३२४ नम्बरको पिक अप भ्यान गए राति दुर्घटना हुँदा चालक पाल्पा रम्भा गाउँपालिका–३ बस्ने २६ वर्षीय मित्रलाल अर्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गल्याङ नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भ्यानका सहचालकको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।

मोरङको बुढिगंगा गाउँपालिका–५ हातिमुडास्थित सडकमा प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सिटी र ज.१२ प ६८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक बुढिगंगा गाउँपालिका–५ गोकुवा बस्ने २८ वर्षीय फिरोज कुमार सिक्दारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी चालक र सिटीमा सवार १ जनाको बिराट नर्सिङ होममा उपचार भइरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सडकमा मजुवाबाट पोखरातर्फ आउँदै गरेको ग.७ प २५८५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका–३२ खुदीखोला बस्ने रूकुम पुर्व घर भएका ३३ वर्षीय तपराज बुढामगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकस्थित सडकमा ना.७ त ४९३ नम्बरको ट्याक्टरमा बागमती प्रदेश ०६–०१ प २९०८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा घर भएका ४० वर्षीय भुपेन्द्र श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरभिरस्थित सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको पानी ट्याङकर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा ट्याङकरमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याङकरमा सवार अन्य २ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको षडानन्द नगरपालिका–४ साङराङस्थित सडकमा दिङलाबाट साङराङतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको ट्याक्टर गए राति दुर्घटना हुँदा ट्याक्टरमा सवार पौवादुम्मा गाउँपालिका–५ खोक्ला बस्ने १६ वर्षीय बिबेक राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खादबारी संखुवासभामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित सडकमा सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा.६ च ४६४४ नम्बरको भ्यान बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ घराप बस्ने ४० वर्षीया सुनदेबी गौचनको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका भ्यानमा सवार अन्य ३ जनालाई उपचारको लागि पोखरातर्फ रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित सोही नगरपालिका–४ घर भएका अर्पिल खत्रीको आर.ए. पेन्ट्स पसलमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने धनुषा घर भएका दिपेन्द्र शाहको नमो मनोकामना डेन्टल क्लिनिकमा समेत आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

इलाम नगरपालिका–४ जस्बिरेस्थित विश्वास सुब्बाको जस्बिरे टि फ्याक्ट्रीमा मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित श्रीराम बानियाको एमके पेपर प्लेट उद्योगको भवनको दोस्रो तलाबाट विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

दोलखाको बिगु गाउँपालिका–८ थामीचागु बस्ने मान बहादुर थामीको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ चाखलडाँडा बस्ने रूद्र बिष्टको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया