आइतबार, वैशाख १४, २०८२

बलेरो दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

नेपालखोज २०८१ फागुन १५ गते ११:२९

काठमाडाैं । पाँचथरको हिलिहाङ गाउँपालिका २ मा भएको सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएकाे छ । दुई जना घाइते भएका छन्

हिलिहाङ १ मा सञ्चालित माङसेवा बोर्डिङ स्कुलका विद्यार्थी बोक्ने मे १ ज ३०७३ नम्बरको बलेरो सडकदेखि तल खस्दा गम्भीर घाइते भएका हिलिहाङ १ निवासी ३५ वर्षीय हेमराज योगीको निधन भएको हो । दुर्घटनामा हिलिहाङ १ का २६ वर्षीय विनोद तामाङ र २० वर्षीय मनिष लिङदेन घाइते भएका छन् ।

उनीहरु मध्ये तामाङको अवस्था गम्भीर रहेकाले पाँचथर अस्पतालबाट थप उपचारका लागि झापा स्थित वि एण्ड सि अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ ।

बलेरोका चालक १९ वर्षीय समीर खातीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया