सोमबार, वैशाख १५, २०८२

कोरोना अपडेट : आज थपिए १ हजार ६९ कोरोना संक्रमित, ७६८ जना डिस्चार्ज

नेपालखोज २०७७ भदौ १६ गते १७:२१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ। देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेको छ। देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन्।

प्रतिक्रिया