राष्ट्र बैंकले आज पनि २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।
आज अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिने राष्ट्र बैंकको भनाई छ । परिपक्व हुने अवधि २१ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिति चैत्र १० गते तोकिएको छ । बाँणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको लागि यो उपकरण बिक्री हुन लागेको हो ।
राष्ट्र बैंकका अनुसार खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकको भनाई छ ।
प्रतिक्रिया