छत्रपति शिवाजी महाराज विश्वविद्यालयका विद्यार्थीद्वारा राससको अवलोकन
नेपालखोज
२०८१ फागुन २० गते १५:३२

काठमाडौं । भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित छत्रपति शिवाजी महाराज विश्वविद्यालयमा पत्रकारिता विषयमा अध्ययनरत छात्रछात्राले राष्ट्रिय समाचार समिति (रासस) को अवलोकन गरेका छन् ।
उक्त विश्वविद्यालयका सहप्राध्यापक अर्पणा काम्बले नाङ्गरेको नेतृत्वमा आएका पत्रकारिता र आमसञ्चारका ३० विद्यार्थीको समूहले आज राससको अवलोकन गरेको हो । सो अवसरमा रासस समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेले विद्यार्थीलाई राससको पुस्तकालय, सङ्ग्रहालय, रिपोर्टिङ शाखा र समाचार सम्पादन शाखाको अवलोकन गराउनुका साथै राससको कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।
यस्तै राससका महाप्रबन्धक सिद्धराज राईले अवलोकन भ्रमणमा आएका सो विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीलाई राससको तस्बिर पुस्तक तथा मायाको चिनो प्रदान गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया