आइतबार, वैशाख १४, २०८२

कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबिच सम्झौता

नेपालखोज २०८१ फागुन २१ गते १३:४०

काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडाैंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई आन्तरिक ल्याब टेस्टमा २० प्रतिशत र बाह्य ल्याब टेस्टमा  १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईमार्फत ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ । 

प्रतिक्रिया