बुधबार, पुष २, २०८२

धुम्बा ताल Hidden Gems

सुनिल उलक २०८१ फागुन २१ गते १४:०४

जोमसोम देखी नजिकै मुस्ताङको घरपझोङ गाँउमा पर्ने धुम्बा ताल निलगिरी हिमालको फेदिमा पर्दछ । यसको सौन्दर्य अनुपम छ । प्रकृतिले लुकाएर राखेको सौन्दर्य नै धुम्बा ताल हो । यसैले यस ताललाई Hidden Gems भनेर पनि चिनिन्छ ।

समुन्द्री सतह देखि २८३० मीटर उचाइमा रहेको तथा १६० मी. लम्बाई र १४० मी. चौडाई रहेको य‍ो तालको आकार मुटु जस्तो रहेको हुँदा ‘Heart shaped Lake’ भनिने तथा प्रेमको प्रतिकका रुपमा पनि लिने गरिन्छ ।

ताल नजिकै कुछव तेरेङ्गा गुम्बा रहेको छ । यो गुम्बा नवाै शताव्दीमा लामा लामा ल्हुङतेन ओघ्यन पल्साङले बनाएका थिए भनिन्छ । तर त्यसभन्दा अगाडि नै गुरु पद्मसम्भवले यसै स्थानमा तपस्या गरेको मानिन्छ । यस गुम्बाको नाम कुछव तेरेङ्गा रहनुको कारण कुछव को अर्थ शरिरको प्रतिकात्मक कुनै वस्तु, तेर भन्नाले शक्तिशाली तथा ङा भन्नाले ५ भन्ने जनाउँछ ।

यहाँ गुरू पद्मसम्भवको पाँच वस्तु वा रत्न शान्ति (थोङ्वधोन), क्रोधी (धोर्जे ढोलोए), देवी (खन्डो हेशेछेध्यल), लुगा (तोएखेब) तथा जुत्ता (ढोचा) सुरक्षित रहेको छ । साथै यहि तालको पानी नित्य चढाउने गरेको मान्यताले यो तालमा नुहाउन, पौडी खेल्न, माछा मार्न, डुङ्गा खियाउन तथा वस्तुभाउ चराउन पनि बन्देज लगाइएको छ ।

अहिले सडक सञ्जालले छोएको हुँदा पुग्न सहजै भए पनि म भने २८ वर्ष अगाडी हिड्दै पुगेको थिएँ । यो तस्विर २८ वर्ष अगाडि फागुन २१, २०५३ मा खिचिएको हो ।

प्रतिक्रिया