बुधबार, पुष २, २०८२

अमेरिकाबाट फर्काइएकालाई प्रहरीले परिवारको जिम्मा लगायाे

नेपालखोज २०८१ फागुन २२ गते १०:५६

काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई परिवारको जिम्मा लगाएको छ ।

अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकलाई सोधपुछपछि ब्यूरोले परिवारको जिम्मना लगाएको हो ।

ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

प्रतिक्रिया