आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नेपालखोज
२०८१ फागुन २३ गते १०:२४

काठमाडौं । दोलखा, तामाकोशी गाउँपालिका–२ झुले बस्ने राम बहादुर श्रेष्ठको घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगर बस्ने हेमन्त ज्ञवालीको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया