आइतबार, वैशाख १४, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपालखोज २०८१ फागुन २४ गते १३:३०

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ दिव्यश्वरी गेष्ट हाउस नजिकबाट अवैध लागूऔषध गाँजा १ किलो ६ सय ३५ ग्राम सहित सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भई भक्तपुर नयाँ थिमी बस्ने ४३ वर्षीय मोहन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८५ मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर घर भएका २६ वर्षीय ओमकार तामाङ र काभ्रे धुलिखेल नगरपालिका–९ बस्ने २७ वर्षीय मुन्ना विक रहेका छन् ।

प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका–१ बौनिया बस्ने २५ वर्षीय रिजन बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरीया राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने लक्ष्मण आर्याल, भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोशन शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले लक्ष्मणको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका–१ बस्ने २१ वर्षीया यशोदा राना र सोही नगरपालिका–३ बस्ने २७ वर्षीय प्रबेश धामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१ मिल्स एरिया बस्ने ३१ वर्षीय जितेन्द्र साहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया