शनिबार, वैशाख १३, २०८२

नेपाल-इटाली सम्बन्ध सुदृढीकरण : नव नियुक्त इटालियन राजदूतद्वारा नेपाल-इटाली वाणिज्य संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता

नेपालखोज २०८१ फागुन २४ गते १५:५६

काठमाडौं । नेपालका लागि नव नियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल-इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गर्दै दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाको बारेमा छलफल गरेका छन् ।

उक्त बैठकमा सम्माननीय व्यक्तित्व-कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत श्री रिकार्डो डाल्ला कोस्टा, नेपाल-इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदूत प्रतिमा राणा पाँडे तथा नेपाल-इटाली वाणिज्य तथा उद्योग संघका बोर्ड सदस्यको उपस्थिति रहेको थियो । बैठकले नेपाल र इटालीबीच आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने अवसरको खोजी गर्न महत्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गर्यो ।

छलफलको मुख्य विषय द्विपक्षीय व्यापार प्रवद्र्धन, व्यवसायिक सञ्जाल विस्तार, तथा प्रमुख क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषय थिए । महामहिम राजदूत एन्तोनियो बार्तोलीले पर्यटन, पूर्वाधार, तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने इटाली सरकारको प्रतिबद्धता व्यक्त गरे । नेपाल-इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारी प्रवद्र्धन गर्ने संस्थाको भूमिकालाई पुन: पुष्टि गरे ।

बैठक नेपाल र इटालीबीचको सम्बन्धलाई आगामी वर्षमा रणनीतिक पहल तथा सहकार्य पूर्ण कार्यक्रममार्फत थप सुदृढ गर्ने साझा प्रतिबद्धताका साथ सम्पन्न भयो ।

प्रतिक्रिया