भारत र न्युजिल्यान्ड भिड्दै, उपाधि उचाल्दै इतिहास रच्ने याेजनामा न्युजिल्यान्डकाे
नेपालखोज
२०८१ फागुन २५ गते ७:५४

काठमाडौं । च्याम्पियन्स ट्रफीको फाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै छ । प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा पुगेका हुन् ।
भारत र न्युजिल्यान्डको फाइनल खेल आज (आइतबार) दिउँसो नेपाली समयअनुसार २:४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।
पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो ।
यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ । न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ । उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया