आज कति छ सुनचाँदीको मूल्य ?
नेपालखोज
२०८१ फागुन २५ गते ११:२७

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया