बुधबार, पुष २, २०८२

‘वातावरणीय पक्षमा ध्यान दिन जरुरी’

नेपालखोज २०८१ फागुन २५ गते १९:१६

वीरगञ्ज (पर्सा) । वन व्यवस्थापनमा वातावरणीय र आर्थिक पक्षलाई ध्यान दिनुपर्ने सरोकारवाला निकायले बताएका छन् ।

डिभिजन वन कार्यालय पर्साले आज यहाँ आयोजना गरेको दिगो वन व्यवस्थापन तथा संवद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण कार्यक्रमका वक्ताले वनलाई वातावरणीय र आर्थिक दुवै दृष्टिकोणबाट हेर्नुपर्ने सुझाव दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले वन व्यवस्थापनको विषय वातावरणीय मात्रै नभएर आर्थिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताए ।

‘वन संरक्षणको कुरा गरेर मात्रै हुँदैन, वनबाट स्थानीय जनता लाभान्वित भए कि भएनन् भन्ने पक्षलाई पनि ध्यान दिन जरुरी छ,’ उनले भने, ‘अबका दिनमा वन व्यवस्थापन पनि स्रोतको रुपमा प्रयोग गर्ने गरी गर्न जरुरी भइसकेको छ ।’

मधेश प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जैसवालले वन जङ्गलको प्राकृतिक स्रोतको दिगोपनमा ध्यान दिन जरुरी रहेको बताए ।

जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरनकुमार कर्मीले वन जङ्गल एक÷व्यक्ति र संस्थाले मात्रै संरक्षण गर्न नसक्ने भएकाले सामूहिक प्रतिबद्धताको कारणले मात्रै सम्भव हुने बताए । रासस

प्रतिक्रिया