शनिबार, वैशाख १३, २०८२

तेस्रो पटक च्याम्पियन्स ट्रफी भारतलाई

नेपालखोज २०८१ फागुन २६ गते ७:४७

काठमाडौं । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्यूजील्याण्डलाई चार विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

न्यूजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाकि ७६ रन बनाए । ८३ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे ।

यसअघि सन् २०१३ पनि भारतले यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै सन् २००२ मा वर्षाका कारण खेल रद्ध हुँदा श्रीलंका र भारतले संयुक्त रुपमा उपाधि जितेको थिए । यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ ।

प्रतिक्रिया