नेपाल हङकङसँग पराजित
नेपालखोज
२०८१ फागुन २६ गते २१:१५

काठमाडाैं । युगान्डामा जारी महिला टी–२० कपमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ९८ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ३३ बलमा २ चौकाको मद्दतमा ३२ रन बनाएर रनआउट हुँदा टोलीले हार भोग्न पर्यो। पूजा महतोले २८ बलमा २ चौका प्रहार गर्दै १९ रन बनाएर क्याचआउट भइन् ।
ओपनर साना प्रवीन २६ बल खेल्दा १० रन र सम्झना कुमारी खड्काले २ बलमा १ रन जोडेर आउट भइन्। बिन्दु रावलले १७ बलमा १४ रनको योगदान गरिन् ।
हङकङका लागि ओपनर नताशा माइल्सले सर्वाधिक ३५ रन बनाउँदा मारिको हिलले २१ र चाङ का यिङले १२ रन बनाइन् ।यास्मिन दासवानी ११ रनमा नटआउट रहँदा मरियम बिबी र शान्जीन शहजादले समान ७ रनको योगदान गरे ।
अब नेपालले बुधबार नामिबियासँग, बिहीबार युगान्डासँग र शुक्रबार हङकङ चाइनासँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया