शनिबार, वैशाख १३, २०८२

मेचीनगर गोल्डकप : मच्छिन्द्र सेमीफाइनलमा

नेपालखोज २०८१ फागुन २७ गते २१:३६

झापा । काँकडभिट्टा खेल मैदानमा जारी मेचीनगर गोल्डकपको आज खेलमा चर्च ब्वाइज युनाइनेटलाई १–० ले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लव सेमीफाइनल प्रवेश गरेको छ ।

मच्छिन्द्रका लागि विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन ।

मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरू गुमाएपछि परिचित प्रतिद्वन्द्वी एपीएफसँग सङ्घर्षपूर्ण जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो ।

एपिएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागि हुन परेका कारण अपेक्षित खेल प्रदर्शन हुन नसकेको बताए ।

खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भएसँगै नगद रु ११ हजार पुरस्कारस्वरूप पाएका छन् ।

बुधबार हुने पहिलो सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

फाइनल खेलको विजेताले नगद रु १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद रु २५ हजार र ट्रफी पाउने छन् ।

प्रतिक्रिया