शनिबार, वैशाख १३, २०८२

सिटिजन्स बैंकद्वारा ‘टप अप र फोन पे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ अभियान सुरु

नेपालखोज २०८१ चैत २ गते १२:३८

काडमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पे र एफ वान सफ्टसंगको सहकार्यमा टप अप र फोन पे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौं भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउनुका साथै बम्पर उपहार ष्एजयलभ ज्ञट प्राप्त गर्न सक्नेछन् ।

यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानमा सहभागी हुन ग्राहकले ऋष्तष्शभलक क्mबचत मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एक सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सय रुपैंयाँको फोन पे डाईरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्ने छन् ।

यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप प्राप्त गर्न सक्ने छन् । त्यसैगरि अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ ।

सिटिजन्स बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गर्दछ । थप जानकारीका लागि नजिकको सिटिजन्स बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेज हेर्न सकिन्छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्र्ड) सञ्चालनमा ल्याएको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया