नेपाल लाईफ इन्स्योरेन्समा निर्वाचित तीन जना सञ्चालकद्धारा पदवहाली
नेपालखोज
२०८१ चैत २ गते १२:५०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्वाचित तीन जना सञ्चालकले पदवहाली गरेका छन् ।
कम्पनीको २५ औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनी (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको थिए । उक्त निर्वाचनमार्फत बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएको कम्पनीेले जानकारी दिएको छ ।
निर्वाचन सम्पन्न भए पश्चात् सोही दिन बसेको कम्पनी संचालक समितिको तीन सय ९३औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना संचालक सदस्यले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया