मंगलबार, पुष १, २०८२

काठमाडौंको चन्द्रागिरीमा डुबेर एक व्यक्तिको मृत्यु

नेपालखोज २०८१ चैत २ गते १३:१७

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातीर्थस्थित निर्माणाधीन पार्कमा रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने सल्यान कालिमाटी गाउँपालिका-४ घर भएका घनश्याम थापाकी छोरी ५ वर्षीया पुर्णिमा थापाको शनिबार बेलुकी मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँकेको नरैनापुर गाउँपालिका–६ गंगापुर बस्ने पल्टु बर्माको छोरा १३ वर्षीय रवि बर्माको सोही ठाउँस्थित राप्ती नदीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया