शुक्रबार, वैशाख १२, २०८२

जगदम्बा मोटर्सद्धारा नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक

नेपालखोज २०८१ चैत २ गते १५:०३

काठमाडौं । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ ।

नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ ।

एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् । स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डमार्फत स्मार्ट कनेक्ट एप को सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कल व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै-र अवाजमार्फत नै लिन सकिने ब्यवस्था गरेको छ ।

एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्स प्रा. लि.ले नेपालका सडकमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको गुप्ताले बताए ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु-ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

प्रतिक्रिया