शनिबार, वैशाख १३, २०८२

कर्णाली नदीमा खसेर एकजना बेपत्ता

नेपालखोज २०८१ चैत ३ गते १८:४९

मान्म । ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एकजना बेपत्ता भएका छन् । कालीकोटको कर्णाली करिडोरअन्र्तगत पलाता–९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल आज बेपत्ता भएका हुन् ।

कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आउनुभएका सेजुवाल आज कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए । ‘तीनवटा ड्रम जोडेर बनाइएको डुङ्गा चढेर नदी पार गर्ने डुङ्गा ढल्किए छ । त्यसमा रहेका चार जनामध्ये देवनाथ नदीमा खसेछन्’, उनले भने ।

स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । कालिकोटको पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाल कर्णाली करिडोर निर्माण गरिरहेको छ ।

प्रतिक्रिया