२५ करोड बोकेको ट्रकसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले गर्यो सार्वजनिक
नेपालखोज
२०८१ चैत ४ गते १४:५८

काठमाडौं । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामालाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक घर भएका लामालाई ना७ख १६५२ सहित नियन्त्रणमा लिएर आज बिहान सार्वजनिक गरेको हो ।
ट्रकबाट अमेरिकी डलर र युरो रकम बरामद गरिएको प्रहरीको भनाइ छ। आजको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बरामद भएको हो ।
लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ । उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया