शुक्रबार, वैशाख १२, २०८२

सिपिएल क्रिकेट : जमैका तलावाजले बार्बाडोसविरुद्ध खेल्दै

नेपालखोज २०७७ भदौ २० गते १९:३७

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा आज राती सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले बार्बाडोस ट्राइडेन्सविरुद्ध खेल्दै छ । खेल मध्यराती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ ।

जमैकालाई तेस्रो स्थानमा उक्लिने झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा जमैका पराजित भए सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने निश्चित हुने छ । जमैका तेस्रो स्थानमा रहेर सेमिफाइनल खेल्न बाँकी दुई खेलमा फराकिलो अन्तरले जित्नुपर्छ ।

जमैकालाई दुबै खेलको जितले मात्र पुग्दैन । तेस्रो स्थानमा रहेको सेन्ट लुसिया जुक्सले पनि बाँकी दुई खेलमा फराकिलो अन्तरको हार बेहोर्नुपर्ने हुन्छ । जुक्स बाँकी दुई खेल मध्य एक खेलमा विजयी भएको खण्डमा जमैकाको तेस्रो स्थानमा उक्लिने सम्भावना समाप्त हुने छ ।

सीपीएलमा अपराजित ट्रीनबेगो नाइट राइडर्स ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया