हिमालयन लघुवित्तद्घारा ग्लोवल मनी विकमा वित्तीय साक्षरता

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोवल मनी वीक बिभिन्न कार्यक्रम गरी मनाएको छ । यही चैत्र चार गते देखि १० गतेसम्म ग्लोवल मनी वीक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको संस्थाले जानकारी दिएको छ ।
वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृतिको विकास गर्ने उद्धेश्यका साथ थिंक बिफोर यु फलो, वाईज मनी टुमारो भन्ने नारालाई आत्मसात् गर्दै केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ वटै शाखा कार्यालयहरुबाट संस्थामा आवद्ध सदस्य तथा विशेष गरी विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरुमा आधारित उक्त कार्यक्रमबाट एक हजार दुई सय २० जना छात्रछात्रा सहित करिब १२ हजार जना लाभान्वित भएको संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया