शनिबार, वैशाख १३, २०८२

घट्यो सुनको मूल्य

नेपालखोज २०८१ चैत ११ गते ११:२०

काठमाडौं । मङ्गलबार पनि सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँ रहेको छ । यसअघि भने तोलामा १ लाख ७३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ भने आज पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ९८० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया