शनिबार, वैशाख १३, २०८२

नेपाल टेलिकमद्धारा एसईई अफर २०८१ सार्वजनिक

नेपालखोज २०८१ चैत १३ गते १०:५१

काठमाडौं । नेपाल टेलिकमले एसईई अफर २०८१ सार्वजनिक गरेको छ । टेकिमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको हो ।


यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीलाई २० रूपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ . एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

सिमकार्ड एक्टीभेट गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस सेवा, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ ।

प्रतिक्रिया