शनिबार, वैशाख १३, २०८२

करिब ३ सय किलोग्राम गाँजा सहित एक जना पक्राउ

नेपालखोज २०८१ चैत १९ गते १७:३५

धनकुटा । साँगुरीगढी गाउँपालिका–६ कामछेकस्थित भेडेटार रविराँके सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम सहित मोरङ विराटनगर महानगरपालिका–१५ बस्ने २६ वर्षीय प्रिन्स कुमार साहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.१ च ३४७८ नम्बरको कारलाई जाँच गर्ने क्रममा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ

सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय ५० मिलिग्राम सहित काठमाडौं कीर्तिपुर बस्ने कैलाली जानकी गाउँपालिका–४ घर भएका २७ वर्षीय टंक प्रसाद जैशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२–०४४ प ६८७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नोर्फिन ९८ एम्पुल, फेनारगन ९९ एम्पुल र डाइजेपाम १ सय एम्पुल सहित भारत बिहार मोतिहारी रक्सौल ब्लकरोड–१६ घर भएका २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले कलैया–वीरगंज हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ६४६ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका–४ भत्केपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने चितवन घर भएका २५ वर्षीय सौगात परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलवारी नगरपालिका–४ बस्ने ३० वर्षीय हर्कराज राई र ३० वर्षीय सुजन खवास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ९१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ५० मिलिग्राम सहित बेलवारी नगरपालिका–४ बस्ने २३ वर्षीय सरोज राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.०१–०२–०४३ प २४४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका–४ कान्छी बजारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन ५ हजार ९ सय १२ ट्याब्लेट, टापेन्टाडोल १ सय २० ट्याब्लेट, २ थान मोटरसाइकल, ६ थान मोबाइल र नगद २ लाख ४७ हजार ७ सय २० रूपैयाँ सहित सोही नगरपालिका–७ बस्ने २९ वर्षीय हरि बहादुर तामाङ समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–१६ पुलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट र स्पास्पेन २ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय दिपेश लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय १५ ट्याब्लेट र स्पास्पेन ५ ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–४ नब सरस्वती टोल बस्ने ३६ वर्षीय धर्बेन्द्र तिवारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १४ एम्पुल, ब्रुप्रेनोर्फिन २८ एम्पुल र एनारगन ७ एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य १ जनालाई समेत नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया