मंगलबार, वैशाख १८, २०८१

तीन घण्टामा १ अर्ब ४९ करोडको शेयर कारोबार हुदाँ नेपाल पुनर्बीमा कम्पनीको १९ करोडभन्दा बढी

नेपालखोज २०७७ भदौ २२ गते १४:१५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार तीन घण्टाको अवधिमा १ अर्ब ४९ करोड १० लाख ५२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । १८९ कम्पनीको ३७ लाख ८३ हजार ३३२ कित्ता शेयर यस अवधिमा खरिद विक्री भएको हो । कुल कारोबारमा सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ३६ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो ।

तीन घण्टाको अवधिमा नेप्से परिसूचक भने ८ दशमलव ६३ अंक घटेर १ हजार ४९१ दशमलव ३४ अंकमा झरेको छ । यस अवधिसम्म १२ समूहमध्य व्यापारिक समूहको परिसूचक २ दशमलव ७१ प्रतिशतले बढेको छ । होटल समूह शून्य दशमलव १५ प्रतिशत, वित्त समूह शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५४ प्रतिशत र अन्य समूह शून्य दशमलव ६६ प्रतिशत बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी १ दशमलव २१ प्रतिशतले बैंकिङ समूहको परिसूचक घटेको हो ।

प्रतिक्रिया