सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ
नेपालखोज
२०८१ चैत २० गते १०:५८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेकाे छ । भने चाँदीको मूल्य घटेको छ ।
हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा मूल्य १ हजार २०० रुपैयाँ बढेर १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया