सातामा २६ अर्ब ६५ करोड ५० लाख रुपैंयाँको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २७ सय तीन दशमलव ३९ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दशमलव आठ बिन्दुमा कायम भएको छ ।
नेप्सेमा यो साता तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ५५ हजार आठ सय ७५ पटकको कारोबारमा पाँच करोड २१ लाख ८९ हजार एक सय ९२ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २६ अर्ब ६५ करोड ५० लाख ९६ हजार दुई सय ८६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैंयाँले बढी हो ।
गत साता नेप्सेमा तीन सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ९६ हजार सात सय ४८ पटकको कारोबारमा पाँच करोड २१ लाख ८२ हजार एक सय १० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २५ अर्ब ४१ं करोड १९ लाख ५१ हजार तीन सय ५३ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, चौथो र पाँचौं दिन बढेको नेप्से तेस्रो दिन घटेको थियो भने दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ३२ दशमलव २४ अंकले उकालो लागेर २६ सय ९५ दशमलव ५५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५० अंकले उकालो लागेर चार सय ५० दशमलव ७९ बिन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने नेप्से परिसुचक १६ दशमलव ९५ अंकले ओरालो लागेर २६ सय ७६ दशमलव १७ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५७ अंकले ओरालो लागेर चार सय ४६ दशमलव ६९ बिन्दुमा झरेको थियो ।
चाैथो कारोबार दिन भने नेप्से परिसुचक २३ दशमलव ८६ अंकले उकालो लागेर २७ सय दशमलव चार बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य आठ अंकले उकालो लागेर चार सय ४७ दशमलव ७७ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक तीन दशमलव ३५ अंकले उकालो लागेर २७ सय तीन दशमलव ३९ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३० अंकले उकालो लागेर चार सय ५० दशमलव शुन्य आठ बिन्दुमा चढेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा यिनै कम्पनी अगाडि देखिएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
दैनिक सेयर कारोबार तालिका
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता संख्या कारोबार रकम
पहिलो दिन ३२३ ७६३५४ १५५७२८६२ ७५६८२२६१९७.३७
दोस्रो दिन सार्र्वजनिक बिदा
तेस्रो दिन ३२० ५६५४८ १०६७०६४९ ५७९७७९१७००.१४
चौंथो दिन ३१८ ५३८८४ १०४४२६८३ ५४४४४३५९०१.३६
पाँचौं दिन ३२४ ६९०८९ १५५०२९९८ ७८४४६४२४८७.२७
कुल ३२४ २५५८७५ ५२१८९१९२ २६६५५०९६२८६.१४
(श्रोत : नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
प्रतिक्रिया