नेपाल वायुसेवा निगमद्धारा २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले २०८१ चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई बाइडवडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडवडि जहाजको आंशिक गरी मिति २०८१ चैत्र ३१ गते जम्मा रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ रकम भुक्तानी गरिएको हो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ चैत्र सम्मको अवधिमा सात अर्व ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।
प्रतिक्रिया