शुक्रबार, वैशाख १२, २०८२

गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मलाई हार्न दिदैन’ सार्वजिनिक

नेपालखोज २०८२ वैशाख २ गते १७:५०

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मलाई हार्न दिदैन’ सार्वजिनिक भएको छ । नयाँ वर्ष २०८२को पहिलो दिन सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु पन्त र चेतन चुडालको स्वर, अर्जुन पोख्रेलको सङ्गीत, संजिव बराइलीको एरेञ्ज र नरेश विविसीको मिक्सिङ एवम् माष्टरिङ छ ।

माधव शर्माको निर्देशन एवम् प्रबीन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक रमेश उप्रेती र सनीशा भट्टराईलाई फिचरिङ गरिएको छ । प्रेमिलको गीतमा मायाले हार्न निदिने र बाँच्न सकिउने भाव व्यक्त गरिएको छ । दुःखैमा रहेपनि अभावै भएपनि सुखले हास्न सिकाउछ । जस्तो सुकै कठिन परिस्थितिलाई पनि मायाले सहज बनाउने यस गीतले व्यक्त गरेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । नायक उप्रेती र सनीशाको जोडि निक्कै राम्रो देखिएको छ गीतको भिडियोमा । उत्सव दाहालको छयांकन, विकास दाहालको दृश्य सम्पादन रहेको गीतको भिडियोमा सविना गुरुङको श्रृङ्गार छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभएका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय रहेका छन् । उनका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककार समेत हुन । ड्राइभिङ सम्बन्धी पुस्तकका पहिलो लेखक रहेका उनी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योगगानका रचनाकार समेत हुन ।
भिडियो लिंक

प्रतिक्रिया