शुक्रबार, वैशाख १२, २०८२

रिलायवल नेपाल लाईफको म्युचुअल फण्डको बिक्री खुल्ला

नेपालखोज २०८२ वैशाख ३ गते १३:४९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको म्युचुअल फण्डको बिक्री खुल्ला भएको छ ।

कम्पनीका अनुसार कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ बैशाख ३ गते बाट बिक्री खुल्ला हुने भएको हो । कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । जस मध्ये आठ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैया बराबरको सार्वजनिक निष्काशन मार्फत बिक्री खुल्ला गरिएको हो ।

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानीकोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७ दशमलव ७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

रिलायबल सामूहिक लगानी कोष को सार्वजनिक निष्काशन मिति २०८२/०१/०३ गतेदेखि छिटोमा २०८२/०१/०७ गते र ढिलोमा २०८२/०१/१७ गते सम्म खुल्ला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एम हजार देखि अधिकतम १० करोड रुपैयाँसम्म लगानीका लागि सी-आश्वा खाता रहेको बैँक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ । कम्पनीले शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको छ ।

प्रतिक्रिया