महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
नेपालखोज
२०८२ वैशाख ४ गते १४:५४

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगञ्ज रङ्गशालामा यही वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रङ्गशाला सरसफाइ, रङ्गरोगन, खेलाडी आवास, यातायातको व्यवस्थालगायत सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
उनले पार्किङ व्यवस्थापन, खेलाडीका लागि आवास व्यवस्थापन र खेलाडी बसोबास भएको स्थानबाट रङ्गशालासम्म यातायताको व्यवस्थापनसमेत गरिएको बताए ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली नेपालगञ्ज आइसकेका प्रतियोगिताको सञ्चारमाध्यम संयोजक निरज गौतमले जानकारी दिए । नेपालका सात र भारतका एक टोली गरेर आठ टोलीको सहभागिता रहने सो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीमध्ये सुदूरपश्चिम एफसी आज बेलुका नेपालगञ्ज पुग्ने उनको भनाइ छ । गौतमले भारतबाट आउने खेलाडीहरू भोलि नेपालगञ्ज आउने जानकारी दिए ।
प्रतियोगितामा घरेलु टोली बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल सङ्घ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले दुई लाख ५० हजार ट्रफी, मेडलसहित पुरस्कार प्राप्त गर्नेछन् । लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया