२६ अंकले बढ्दा १० अर्ब ७९ करोडको शेयर किनबेच
नेप्से सुचक संगै कारोबार रकममा पनि उच्चबृद्धि,

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सुचक संगै कारोबार रकम पनि उच्चरुपमा बढेको छ । अघिल्लो दिन सात अंकले बढेको नेप्से आज पुन २६ दशमलव ४९ अंकले बढेर २७ सय २२ दशमलव ७३ अंकमा पुगेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३९ अंकले बढेर चार सय ५८ दशमलव २२ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ९० हजार पाँच सय ५५ पटकको कारोबारमा दुई करोड ३७ लाख ७३ हजार सात सय ३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार दुई सय ८२ रुपैंयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा व्यापार समुहको सुचक छ दशमलव ९५ अंकले घटेर बाँकी सबै समुहहरुको सुचक बढेको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १७ दशमलव ३४ अंकले बढेर १३ सय ८४ दशमलव ४६ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६१ दशमलव १५ अंकले बढेर पाँच हजार छ सय ६२ दशमलव ३० अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि १९ दशमलव ५३ अंकले बढेर २५ सय ६८ दशमलव ३९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ५० अंकले बढेर तीन हजार पाँच सय ७८ दशमलव शुन्य दुई अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव १० अंकले बढेर १३ हजार चार सय १९ दशमलव ७९ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव ४७ अंकले बढेर १२ हजार छ सय १० दशमलव ४१ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः नौं दशमलव २५, तीन दशमलव ४५, तीन दशमलव १३, ३९ दशमलव शुन्य तीन, शुन्य दशमलव १७ र आठ दशमलव ४९ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेशनल माईक्रो इन्स्योरेन्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया डिबेञ्चर २०८५ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन पावर पार्टरन लिमिटेड परेको छ ।
प्रतिक्रिया