शनिबार, वैशाख १३, २०८२

९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

नेपालखोज २०८२ वैशाख ५ गते १०:५५

झापा । जिल्लाको चालु आर्थिक वर्ष को नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाख रुपैयाँ मध्य ११ अर्ब १९ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ”, उनले भने ।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया