शुक्रबार, वैशाख १२, २०८२

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

नेपालखोज २०८२ वैशाख ६ गते ७:०६

खजुरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको शुक्रबार यहाँ उद्घाटन गर्दै उनले भने, ‘पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन ।

हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तरराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो सन्देश दिएको छ ।’

उद्घाटन समारोहमा मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दलगायतले बोका थिए । उद्घाटन पश्चात् भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ ।

आज त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शून्य गोल अन्तरले त्रिभुवन आर्मी क्लब बिजयी भएको हो ।

यो जितसँगै त्रिभुवन आर्मीक्लबले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा यही वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले बताए । प्रतियोगिताको विजेता टिमले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टिमले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्नेछन् । रासस

प्रतिक्रिया