भिभो वाई-२९ स्काइवाक टावरमा सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई-२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादी मा एक भव्य समारोहका साथ प्रमुख मिडियाहरू र ईनफ्लुन्सेरहरुको उपस्थितिमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
स्काइवाक टावरमा आयोजित समारोहले ६५०० एमएएच क्षमताको ब्याट्री लाई मुख्य विशेषता स्वरूप उजागर ग¥यो । भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित यो फोनले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ । ४४ वाट फ्ल्यास चार्जको साथमा ४८०० एमएएच सम्मको रिभर्स चार्जिङ, साथै ईमरजेन्सी पावर सेभिङ मोडको सहायताले १ ५ ब्याट्रीमा पनि आवश्यक सम्पर्क कायम राख्न सक्षम बनाउँछ । साथै, ५ वर्षसम्मको ब्याट्री ग्यारेन्टीले प्रयोगकर्तालाई दीर्घकालीन सन्तुष्टि दिन्छ ।
भिभो वाई–२९ को डिजाइन पक्षमा पनि नयाँपन देखिन्छ । थ्रीडी कभ्र्ड ब्याकप्लेट र मेटालिक हाई-ग्लस फ्रेमले स्टाइल र समात्न सजिलोपन दुबै प्रदान गर्छ। नोबल ब्राउन र एलीगन्ट ह्वाइट रंग विकल्पमा उपलब्ध यो फोनमा डायनामिक लाइटसहितको आकर्षक क्यामेरा मोड्युल छ, जसले फोटो तथा भिडियो अनुभवलाई नयाँ उचाइमा पु–याउँछ । फोनमा प्रयोग गरिएको शट अल्फा ग्लासले यसलाई ड्रप, डस्ट र स्प्ल्यास प्रूफ बनाउँछ- चाहे त्यो बाइकमै यात्रा गर्दा होस्, समुद्रकिनारमा घुम्दा होस् वा आकस्मिक पानी पोखिँदा होस् ।
प्रदर्शन र फिचरको संयोजनमा भिभो वाई–२९ अत्यन्तै प्रभावशाली छ । ८+८ जि बी को विस्तारित ¥याम र २५६ जि बी स्टोरेजले गर्दा मल्टिटास्किंग झन्झटरहित मल्टिटास्किंगको सुनिश्चित गर्छ । १२० हर्ट्ज रिफ्रेश रेट, १००० निट्ससम्मको ब्राइटनेस, र टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४००% अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरूले तपाईंको मनोरञ्जनलाई अझ जीवन्त बनाउँछ ।
फोटोग्राफीप्रेमीका लागि, भिभो वाई–२९ मा ५० एमपी एचडी मुख्य क्यामेरा छ । एआई-ईरेज र एआई-फोटो ईनह्यान्समेन्टजस्ता स्मार्ट टुल्सले सम्पादनलाई अझ सहज बनाउँछ । साथै, एआई- सुपर लिंक, सर्कल टु सर्च र स्क्रिन ट्रान्सलेसन जस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगलाई अझ सहज र प्रभावकारी बनाउँछन् ।
भिभो वाई–२९ अहिले नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमा उपलब्ध छ । यसको प्रारम्भिक मूल्य रु. २४,९९९ राखिएको छ । सशक्त ब्याट्री, मजबुत बनावट र स्मार्ट फिचरहरूसहितको भिभो वाई-२९ एक यस्तो स्मार्टफोन हो, जसले प्रदर्शन, सौन्दर्य र दीर्घकालीन प्रयोगको आदर्श संयोजन प्रदान गर्छ ।
प्रतिक्रिया