‘राष्ट्रिय लेखक पुरस्कार’ आख्यानकार गौतमलाई
काठमाडौं । नेपाली लेखक सङ्घले ‘राष्ट्रिय लेखक पुरस्कार–२०८२’ वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ । सङ्घको काठमाडौँमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर यही वैशाख १६ गते आयोजना गरिने कार्यक्रममा रु एक लाख राशिको उक्त पुरस्कार गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले सङ्घको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक वैशाख १६ गते काठमाडौँमा बस्ने, देशभर वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाउनेलगायत निर्णय गरेको सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले जानकारी दिए ।
सङ्घको आठौँ अधिवेशनपश्चात रिक्त केन्द्रीय समिति सदस्यमा अनुपमा रेग्मी, बाबु त्रिपाठी, सुरेन्द्र अस्तफल, कुमार दाहाल, जीवन आचार्य, विष्णुबहादुर दौल्याल, मधुसुदन पोखरेल, मञ्जुश्री गिरी, तिलक राउत र नवीन चिरागलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा अनुपमा रेग्मी, बाबु त्रिपाठी, सुदर्शन आचार्य, महेन्द्र वाग्ले, इन्द्र लम्साल र सन्तोष बोहरा रहनेगरी केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया