गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै, कलेजो र फोक्सोमा चोट, गोली शरीरभित्रै

चितवन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ ।
बुटवलमा खाजा घर सञ्चालन गर्दैआएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो । उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो ।
अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार क्षेत्रीको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न प्राडा अनिल आचार्यका अनुसार पछाडिको भागबाट लागेको गोलीले उनको कलेजो र फोक्सोमा चोट पु¥याएको छ । गोली शरीरभित्रै रहेको उनले बताए ।
डा। आचार्यले भने, ‘चार पाँच दिन बिरामीको अवस्था हेरेपछि मात्रै गोली र छर्रा निकाल्ने, शल्यक्रिया गर्ने वा नगर्ने निक्र्योल हुन्छ ।’ बिरामीको अवस्था स्थिर रहेको उनले जानकारी दिए । रासस
प्रतिक्रिया