शनिबार, वैशाख १३, २०८२

बोक्चेगौडा सडक चार दिनमा खुला गरिने

नेपालखोज २०८२ वैशाख ७ गते २१:४७

सिमकोट । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने भएको छ ।

गत चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्ड यही वैशाख १० देखि १३ गतेसम्म खुला गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलले चार दिनका लागि काम रोकेर सवारीसाधन आवतजावत गरिने उनले बताए ।

सेनाले निर्माण गरिरहेको बोक्चेगौडा, भिइगौडा र याङ्गचुभीर खण्डमा निर्माण कार्य स्थगित गरेर सवारीसाधनलगायत यात्रुलाई आवतजावत गर्न दिइने छ ।

विकास निर्माणका काममा सहजताका लागि सडक निर्माणको काम रोखेर सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चैत २५ गतेदेखि सडक स्तरोन्नति सुरु भएसँगै यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । यहाँ आगामी असार मसान्तसम्म आठ सय मिटर सडक स्तरोन्नति गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको छ । रासस

प्रतिक्रिया