वन मुद्दाको फछ्र्योट गर्न ढिलाइ

चितवन । यहाँस्थित डिभिजन वन कार्यालयमा १०२ मुद्दा फछ्र्योट हुन बाँकी छन् । आर्थिक वर्ष २०७६र७७ देखिका ती मुद्दा फछ्र्योट हुन बाँकी रहेका हुन् ।
आव २०७६र७७ देखि चालु आवको चैत मसान्तसम्मका १६९ वटा मुद्दामध्ये ६७ मुद्दा मात्रै फछ्र्योट भएको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार ती मुद्दामध्ये १२ वन्यजन्तुसम्बन्धी मुद्दा हुन भने अन्य वन पैदावारसम्बन्धी रहेका छन् ।
आव २०७६र७७ मा १३ , २०७७र७८ मा ३७, २०७८र७९ मा ४३ मुद्दा दर्ता भएका थिए । यस्तै २०७९र८० मा २७ , २०८०र८१ मा २९ र चालु आवको हालसम्म २० मुद्दा दर्ता भएका छन् ।
दर्ता भएका मुद्दाका २३० प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्दाका ९९फरार प्रतिवादी रहेको उनले जानकारी दिए । मुद्दामा संलग्न व्यक्तिहरुबाट नौ मोटरसाइकल र ५३ साइकल बरामद गरिएको छ ।
कार्यालयमा मुद्दा दर्ता हुने भए पनि मुद्दाको फछ्र्योट गर्ने विषयमा दुविधा हुँदा लामो समयदेखि थन्किएर बसेका मुद्दाहरु गत आवबाट मात्रै फछ्र्योट हुन सुरु गरेको हो ।
फैजदारी संहिता आएसँगै रोकिएको फछ्र्योट गत आवमा मन्त्रालयको परिपत्रअनुसार फैसला गर्न थालिएकाले मुद्दा फछ्र्योट सङ्ख्या कमी भएको हो ।
कार्यालयका प्रमुख थिरबहादुर कार्कीका अनुसार कानुनल सरकारको डिभिजन वन अधिकृतले मुद्दा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरु प्रदेश सरकारमा रहेकाले दुविधा हुँदा मुद्दाको किनारा लगाउन ढिला भएको हो । यसअघि डिभिजन वन कार्यालयले मुद्दाहरु अदालतमा पठाउनुपर्ने र अदालतमा मुद्दाका चाप बढी हुने भएकाले ढिला भएको उनले बताए ।
डिभिजन वन कार्यालयले मुद्दा हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्दाको फछ्र्योट हुने क्रम बढेको उनको भनाइ छ । रासस
प्रतिक्रिया