सप्तकोशीमा बेपत्ता व्यक्ति खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

काठमाडौं । बैशाख ८ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षिय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षिय जेनिश आचार्य बैशाख ८ गते बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदिमा डुवेर बेपत्ता भएको बताईएको छ ।
घटना पछि उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको हो । गोताखोर सहितको टोलि घटनास्थल पुगेर खोजिकार्य शुरु गरेको छ ।
प्रतिक्रिया