सिन्धु विकास बैंकको सबै सूचकमा सुधार, पूँजीकोष ११ दशमलव ४९ प्रतिशत

काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक अवधिको वित्तिय विवरण प्रकाशित गरेको छ । बैंकको सबै सूचकमा उल्लेख्य प्रगति देखिएको छ ।
बैंकले चालु आ.ब.को नौ महिनाको अवधिमा सात करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ अघिल्लो आ.ब.को सोही अवधिमा बैकको खुद नोक्सान पाँच करोड ४० लाख रुपैंयाँ रहेको थियो ।
दोस्रो त्रैमासिक अवधिमा आठ दशमलव २२ प्रतिशत रहेको पुंजीकोष अनुपात तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य रुपमा सुधार भई ११ दशमलव ४९ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैकले तोकेको न्यूनतम पुंजीकोष अनुपात १० प्रतिशत भन्दा कम भएकाले सिघ्र सुधारात्मक कारवाहीमा परेको बैकले पुँजीकोषमा सुधार भएपछि उक्त कारवाहीबाट हट्ने विश्वास लिएको बताएको छ ।
चैत्र मसान्तमा बैकको प्रति शेयर आम्दानी १८ रुपैंयाँ.७६ पैसा, निष्कृय कर्जाको अनुपात आठ दशमलव ६४ प्रतिशत, तरलता अनुपात ३६ दशमलव ३६ प्रतिशत र नेटवर्थ प्रतिशेयर ७८ रुपैंयाँ ८९ पैसा रहेको छ ।
हालैमात्र बैकले विगत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको थियो भने नेपाल राष्ट्र बैकले प्रादेशिकस्तरको विकास बैकको लागि तोकेको न्यूनतम चुक्ता पुँजी एक अर्ब २० करोड पु¥याउन हाल कायम रहेको चुक्ता पुंजीको एक सय १६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैक समक्ष पेश गरिसकेको जनाएको छ ।
सिन्धु बिकास बैक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरि पाँच जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रियस्तरको विकास बैंक हो । बैंकले हाल २६ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा दिईरहेको छ । बैकको प्रमुख कार्यकारी अधिकृतमा गत पुस महिनादेखि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा रहेका छन् ।
प्रतिक्रिया