शनिबार, वैशाख १३, २०८२

विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक आन्दोलन नरोकिने

नेपालखोज २०८२ वैशाख १० गते १३:१०

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ ।

आफुहरुसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार-बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । महासंघले अनुशाासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकलाई आग्रह गरेको छ ।

महासंघले आफुहरुको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरुलाई पनि काठमार्डौमा आउन आह्वान समेत गरेको छ ।

शिक्षकको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया