एसिड आक्रमण गर्नेलाई कारबाही गर्न कडा कानुन ल्याउँदै प्रधानमन्त्री
नेपालखोज
२०७७ भदौ २५ गते १५:२६
काठमाडाैं । एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानुन ल्याउने तयारी थालेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र कानुन मस्यौदा तयार गरिसक्न कानुन मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने र भरणपोषण गर्नेुपर्ने व्यवस्था कानूनमा समावेश गर्न लागिएको हो।
एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा निः शुल्क उपचार र पढ्न चाहेनेलाई सम्पूर्ण खर्च सरकारले व्यहोरी पढाउने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया