शुक्रबार, वैशाख १२, २०८२

सीपीएलको उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

नेपालखोज २०७७ भदौ २६ गते ७:४५

एजेन्सी । क्यारेबियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइटराइडर्सले जितेको छ। गएराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइटराइडर्सले उपाधि जितेको हो।

टसहारेर ब्याटिङमा उत्रिएको सेन्ट लुसिया १९.१ ओभरमा १५४ रन बनाउँदै अलआउट भएको थियो। जसका लागि आन्द्रे फ्लेटरले सर्वाधिक ३९ रन बनाउँदा मार्क डेयलले २९, निजाबुल्ला जदर्नले २४, रोस्टोन चेजले २२ रन बनाए।

ट्रिनबागोका लागि किइरोन पोलार्डले सर्वाधिक ४ विकेट लिँदा अलि खान र फवद अहमेदले समान २र२ विकेट तथा अकिल हुसैनले १ विकेट लिए। १५५ रनको चुनौती लिएर जवाफी ब्याटिङमा उत्रिएको ट्रिनबागोले १८.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।

जसका लागि लेन्डल् सिमोन्सले सर्वाधिक अभिजित ८४ रन बनाउँदा डरेन ब्राभोले अभिजित ५८ रन बनाए। योसँगै ट्रिनबागो नाइट राइडर्सले चौथो पटक सिपिएलको उपाधि जितेको छ।

प्रतिक्रिया